site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बंगलादेशमा तत्काल चुनाव गर्न जियाको माग

ढाका । बंगलादेशका पूर्व प्रधानमन्त्री खालिदा जियाले तत्काल चुनाव गराउन माग गरेकी छन् । तत्कालीन प्रधानमन्त्री शेख हसिना बाजेदले राजीनामा दिएर देश छोडेपछि बंगलादेशको संसद् पनि विघटन भइसकेको छ ।

जियाले  शान्ति र एकताका लागि सबैमा आह्वान गर्दै सबै धर्म, जाति र परिचयका मानिसलाई सुरक्षाको सुनिश्चितता गर्न आग्रह गरेकी छन् ।
 
अर्थशास्त्री मोहम्मद युनुसको नेतृत्वमा त्यहाँ ‘केयर टेकर’ सरकार बन्ने घोषणा भइसकेको छ । उनी आज युरोपबाट स्वदेश फर्किएर शपथ ग्रहण गर्दैछन् ।

नेतृ जियाले तीन मिनेट लामो भिडियो सन्देश सार्वजनिक गर्दै अब माया, शान्ति र ज्ञानको समाज बनाइनुपर्ने बताएकी छन् । 

तत्कालीन प्रधानमन्त्री शेख हसिना बाजेदले राजीनामा दिएर देश छोडेपछि उनी थुनाबाट छुटेकी हुन् ।

उनको सन्देश राजधानी ढाकाको नयाँ पल्टनमा आयोजित बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)को र्यालीमा सुनाइएको थियो । उनको यो सन्देश साढे ६ वर्षपछि पहिलो पटक आएको हो  । उनले अवैध फासिस्ट सरकारबाट मुक्त गरेकोमा देशका युवालाई धन्यवाद पनि दिएकी छन् ।

जिया बंगलादेशमा तीनपटक प्रधानमन्त्री भइसकेकी छन् । एजेन्सी
 

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  ०९:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro