site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बंगलादेशको अन्तरिम सरकार प्रमुख बन्न युनुस भोलि स्वदेश फर्किंदै

काठमाडौं । नोबेल पुरस्कार विजेता अर्थशास्त्री डा. मुहम्मद युनुस बिहीबार (भोलि) दिउँसो बंगलादेश फर्किने भएका छन् ।

ढाका ट्रिब्युनका अनुसार उनी ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा दुबईबाट दिउँसो २:१० बजे इमिरेट्सको उडानमा आइपुग्ने छन् । 

युनुस बंगलादेशको अन्तरिम सरकारको नेतृत्व गर्दै छन् । राष्ट्रपति, सेना र आन्दोलनरत विद्यार्थीहरूबीच युनुसलाई सरकार प्रमुख बनाउने सहमति भएको हो ।

बुधबार विद्यार्थी आन्दोलनका प्रमुख संयोजक नाहिद इस्लामले अन्तरिम सरकारको शपथ २४ घण्टाभित्र हुने सम्भावना रहेको बताएका थिए ।

गत सोमबार (साउन २१ गते) प्रधानमन्त्रीको पदबाट राजीनामा दिएर शेख हसिना भारत पुगेपछि बंगलादेशमा अहिले राजीतिक शून्यता छ ।

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १६:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro