site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पहिरोले कहाँ–कहाँ छ सडक अवरुद्ध ? (सूचीसहित)
फाइल तस्बिर ।

काठमाडौं । देशका विभन्न ठाउँमा वर्षाले पहिरो जाँदा सडक अवरुद्ध भएका छन् । गृहमन्त्रालय अन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाका अनुसार कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका राजमार्ग अवरुद्ध भएका छन् । 

सोलुखुम्बु दूधकुण्ड नगरपालिका ११ साल्मे, खोटाङ हलेसी तुवाचुङ नगरपालिका ३ बोझेखोला, सिन्धुपाल्चोक बलेफी गाउँपालिका ८ जुरे, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ३ खागदल सडकमा पहिरो जाँदा सवारी आवागमन अवरुद्ध भएको प्रतिकार्य शाखाले जनाएको छ । 

चितवन ईच्छाकामना गाउँपालिका न्याग्दीखोला,बागलुङ, बागलुङ नगरपालिका १० डब्ल्याङ, रुकुम सिस्ने  गाउँपालिका ६ पाखागाउँ, पाल्पा रिद्विकोट गाउँपालिका २ जोत्ने, रोल्पा परिवर्तन गाउँपालिका १ पुत्लाचौरमा पहिरोले सडक अवरुद्ध भएको छ । 

डोल्पा÷त्रिपुरासुन्दरी नगरपालिका १ छलगाड, रुकुम पश्चिम/मुसिकोट नगरपालिका रिमदह, सल्यान कपुरकोट गाउँपालिका ३ चोरखोला, कालीकोट शुभकालिका गाउँपालिका १ एस मोड र गगनेखोलामा पहिरोले सडक अवरुद्ध भएको प्रतिकार्य शाखाले जनाएको छ ।  

भारी वर्षाका कारण पहिरो जाँदा सडक अवरुद्ध भएको हो । सडक खुलाउने प्रयास भइरहेको गृहमन्त्रालयले जनाएको छ । 123-1723000575.jpg
 

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  ०९:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro