site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बेलायतमा रहेका नेपालीलाई सुरक्षा सतर्कता अपनाउन आग्रह

काठमाडौं । बेलायतस्थित नेपाली दूतावासले बेलायतमा रहेका नेपालीहरूलाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ ।

बेलायतका विभिन्न सहरमा केही दिनदेखि प्रदर्शन भइरहेको छ ।

मंगलबार एक सूचनामार्फत दूतावासले बेलायत भ्रमण गर्न लागेका नेपालीलाई हुलदंगा भएको स्थानमा भ्रमण नगर्न भनेको छ ।

"यस राजदूतावासले वर्तमान परिस्थितिलाई नजिकबाट नियालिरहेको छ । यस्तो अवस्थामा सम्पूर्ण नेपाली नागरिकलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन एवं स्थानीय सञ्चारमाध्यम तथा सुरक्षा निकायले जारी गरेको सूचनाहरू ध्यानपूर्वक पालना गर्न अनुरोध गरिन्छ," सूचनामा भनिएको छ ।

साथै, बेलायतस्थित नेपाली संघ संगठनलाई आफ्नो संस्था तथा समुदायमार्फत नेपाली नागरिकलाई सुरक्षा सतर्कता अपनाउन सम्बन्धमा जानकारी गराउन पनि दूतावासले आग्रह गरेको छ ।

आपत्‌कालीन अवस्था आए दूतावासलाई सम्पर्क गर्न आग्रह गरिएको छ ।

UK-Em-1722955544.jpg
 

 

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  २०:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro