site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बंगलादेशबाट दुई हजार नेपाली विद्यार्थी स्वदेश फर्किए, साढे तीन सय बाँकी

काठमाडौं । पछिल्लो दुई सातामा बंगलादेशमा अध्ययनरत दुई हजारभन्दा बढी नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । 

बंगलादेशमा सरकारी सेवामा विशेष आरक्षणको व्यवस्था विरोधी आन्दोलन हिंसात्मक बनेपछि नेपाली विद्यार्थीहरू स्वदेश फर्किन थालेका हुन् ।

“हालसम्म दुई हजारभन्दा बढी फर्किनुभएको छ । अब साढे ३०० को हाराहारीमा नेपाली विद्यार्थी यहाँ हुनुहुन्छ । उहाँहरू सबै इन्टर्न डाक्टर हुनुहुन्छ । नेपाली विद्यार्थी सबै सुरक्षित हुनुहुन्छ,” बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले बाह्रखरीसँग भने ।

बंगलादेशमा अहिले रहेका सबै नेपाली विद्यार्थीलाई होस्टलमा बस्न भनिएको छ । कुनै अप्ठेरो परे तुरुन्तै ढाकास्थित नेपाली दूतावासमा सम्पर्क गर्न भनिएको उनले बताए ।

“यहाँ रहनुभएका विद्यार्थी र उहाँहरू पढ्ने कलेजसँग हामी निरन्तर सम्पर्कमा छौँ,” राजदूत भण्डारीले भने ।

बंगलादेशमा आन्दोलनका क्रममा ३०० भन्दा बढीको मृत्यु भइसकेको छ । आन्दोलन उग्र बनेपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिना पदबाट राजीनामा दिएर भारत पुगेकी छन् ।

बंगलादेशमा अहिले त्यहाँको सेनाले अन्तरिम सरकार गठन गर्ने प्रयास गरिरहेको छ । अन्तरिम सरकार गठनका लागि बंगलादेशका राष्ट्रपतिले पनि त्यहाँका राजनीतिक दल र आन्दोलनरत विद्यार्थी नेताहरूसँग छलफल गरिरहेका छन् ।

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १७:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro