site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बंगलादेशका राष्ट्रपतिले गरे संसद् विघटन

काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले संसद् विघटन गरेका छन् । हिंसा बढ्दै गएपछि राष्ट्रपति शाहबुद्दिनले मंगलबार संसद् भंग गरेका हुन् ।

तीनवटै सेनाका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नागरिक समाजका अगुवा र आन्दोलनरत विद्यार्थी नेतासँग राष्ट्रपतिको बैठकपछि संसद् विघटन गर्ने निर्णय लिइएको हो ।

बंगलादेशमा आन्दोलनरत विद्यार्थीहरूले संसद् विघटन गर्न मंगलबार दिउँसो ३ बजेसम्मको समय दिएका थिए । उनीहरूले माग पूरा नभए कडा कदम चाल्ने चेतावनी दिएका थिए । विद्यार्थीहरूले सेनाले बनाएको सरकार नमान्ने पनि बताएका छन् ।

सन् २०२४ जनवरी ७ मा सम्पन्न निर्वाचनपछि संसद् गठन गरिएको थियो । साथै, देशकी पूर्वप्रधानमन्त्री खालिदा जियालाई पनि रिहा गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १६:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro