site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बंगलादेशको तनावबारे दिल्लीमा सर्वदलीय बैठक  
फाइल तस्बिर ।

नयाँ दिल्ली । बंगलादेशमा विद्यार्थी आन्दोलनका कारण प्रधानमन्त्री शेख हसिना वाजेदले राजीनामा दिएर देश छोडेपछि भारतमा मंगलबार सर्वदलीय बैठक बसेको छ । बैठकमा भारतका गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह, विदेशमन्त्री एस जयशंकर, संसदीय मामिलामन्त्री किरण रिजिजुलगायत नेता सहभागी थिए ।

बैठक बिहान १० बजेका निम्ति बोलाइएको थियो । बैठकमा विपक्षी नेता राहुल गान्धी पनि सहभागी थिए । बैठकमा विदेशमन्त्री जयशंकरले ‘ब्रिफिङ’ गरेका र सबैले ऐक्यबद्धता जनाएको बताइएको छ ।

पार्लियामेन्ट हाउसमा बसेको उक्त बैठकको तस्बिर विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल एक्समा सार्वजनिक गरेका थिए । हिन्दुस्तान टाइम्सबाट ।

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १२:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro