site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
उपत्यकाका नदीतटीय क्षेत्रमा ‘अति उच्च सतर्कता’ अपनाउन आग्रह
बल्खुखोलाको दृश्य ।

काठमाडौं । मनसुन पुनः सक्रिय हुँदा वर्षासँगै नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढेको छ । काठमाडौं उपत्यकाका नदीतटीय क्षेत्रमा ‘अति उच्च सतर्कता’ अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

हाल वाग्मती र यसका सहायक नदीहरू विष्णुमती, धोबीखोला, मनोहरा, हनुमन्ते, गोदावरी, खोड्कु, नख्खुलगायत अरू सबै साना नदीमा जलसतह सतर्कता तहभन्दा माथि छ । यी केही खोला तथा नदीमा जलसतह खतरा तहसम्म पुगेको महाशाखाले जनाएको छ ।

नदीमा पानीको बहाव बढ्दो क्रममा छ । आज अपराह्न ४ बजेसम्म ‘अति उच्च सतर्कता’ अपनाउन महाशाखाले सचेत गराएको छ ।

“साउन २२  बिहान ११ बजे । हाल काठमाडौं उपत्यकाको वाग्मती र यसका सहायक नदीहरू विष्णुमती, धोबीखोला, मनोहरा, हनुमन्ते, गोदावरी, खोड्कु, नख्खुलगायत अन्य सबै साना नदीमा जलसतह सतर्कता तहमाथि रहेको र केहीमा खतरासम्म पुगेको र बढ्दो रहेकाले उपत्यकाको नदीतटीय क्षेत्रमा रहनुहुनेहरूले आज दिउँसो ४ बजेसम्म अति उच्च सतर्कता अपनाउनहुन तथा नदी किनारको सडकबाट यात्रा नगर्नहुन अनुरोध छ,” महाशाखाको सूचनामा उल्लेख छ ।

balkhu-khola2-1722924659.jpg
 

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  ११:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro