site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सिन्धुपाल्चोक, काठमाडौंसहित यी जिल्लामा आज बाढीको उच्च जोखिम
वाग्मती नदीमा बाढीको दृश्य । फाइल तस्बिर ।

काठमाडौं । मनसुन पुनः सक्रिय भएसँगै आज र भोलि देशभर वर्षाको सम्भावना छ । वर्षासँगै नदी तथा खोलामा पानीको बहाव बढ्दो क्रममा छ ।

यस दिन सिन्धुपाल्चोक, काठमाडौं उपत्यकासहित देशका १२ जिल्लामा बाढीको उच्च जोखिम रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, कपिलवस्तु र आसपासका जिल्ला भई बहने केही साना नदीमा बहाव बढ्नेछ । यी जिल्लाका केही साना नदीमा आकस्मिक बहावको उच्च जोखिम रहने महाशाखाको अनुमान छ । नदीतटीय क्षेत्रमा अति उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, उदयपुर, सिन्धुली, मकवानपुर, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, नुवाकोट, रसुवा, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, म्याग्दी, बागलुङ, प्युठान, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, दैलेख, अछाम, सल्यान, सुर्खेत, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, बैतडी, दार्चुला र आसपासका जिल्ला भई बहने केही साना नदीमा पनि बहाव बढ्ने महाशाखाको अनुमान छ ।

अबका तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूको जलसतह बढ्दो हुनेछ । आज र भोलि तमोर, अरुण, तिनाउ, वाग्मती, कमला, नारायणी, कालीगण्डकी, मर्स्यायाङदी, बबई, पश्चिम राप्ती र यसका सहायक नदीहरूमा जलसतह सतर्कता तह आसपास हुने अनुमान छ ।

b1-1722917507.jpeg

b2-1722917507.jpeg

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  ०९:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro