site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बंगलादेशमा अन्तरिम सरकारले देश चलाउने, सेना प्रमुखले भने– सबै हत्याको छानबिन गर्छौं

काठमाडौं । बंगलादेशका सेना प्रमुख जनरल वकेर–उज–जमानले देश अब अन्तरिम सरकारले चलाउने बताएका छन् । बंगलादेशकी प्रधानमन्त्री शेह हसिना पदबाट राजीनामा गरेर सोमबार देश छाडेपछि राष्ट्रका नाममा सम्बोधन गर्दै बंगलादेशका सेना प्रमुखले अन्तरिम सरकार गठन गरिने बताएका हुन् ।

सम्बोधन गर्नुअघि उनले बंगलादेशको प्रतिपक्षी दल  बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) लगायत प्रमुख राजनीतिक दलहरूसँग वार्ता गरेका थिए ।

सम्बोधनका क्रममा उनले आफू अहिले अन्तरिम सरकार गठनका लागि वार्तामा रहेको बताएका छन् । 

उनले पछिल्ला हत्याबारे छानबिन गरिने पनि बताएका छन् । “हामी विगत केही हप्तामा भएका सबै हत्याको छानबिन गर्नेछौँ,” उनले भने ।

बंगलादेशका विद्यार्थीले पछिल्लो समय गरेको कोटाविरुद्धको आन्दोलनमा ३०० जनाभन्दा बढीको मृत्यु भएको छ । आइतबारमात्रै ९९ जनाको मृत्यु भएको थियो । 

“प्रदर्शनका क्रममा भएका हरेक मृत्यु र अपराधका लागि न्याय सुनिश्चित गर्ने कुरा पनि सुनिश्चित गर्नेछौँ,” उनले भने । 

उनले प्रदर्शनकारीहरूलाई संयमता अपनाउन र हिंसा तथा तोडफोडका काम नगर्न आह्वान गरेका छन् । उनले देशमा शान्ति फिर्ता ल्याउने र सेनाप्रतिको विश्वास कायम राख्न अनुरोध गरेका छन् । 

“हामीले सबै प्रमुख राजनीतिक दलका प्रतिनिधिहरूलाई आमन्त्रित गरेका छौँ र उनीहरूले हाम्रो निमन्त्रणा स्वीकार गरेका छन् र हामीसँग सहकार्य गर्न प्रतिबद्ध छन्,” उनले भने । 

उनले अब राष्ट्रपतिलाई भेट्ने तयारी गरेको बताए ।

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १६:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro