site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बेलायतमा बढ्दै हिंसा, प्रधानमन्त्रीले डाके आपत्कालीन बैठक
तस्बिर : रोयटर्स ।

लन्डन । बेलायतमा हिंसा बढ्दै गएपछि प्रधानमन्त्री किएर स्टार्मरले आजका निम्ति आपत्कालीन बैठक डाकेका छन् । कसरी समस्या समाधान गर्ने भनेर बैठकबाट निर्णय गरिने जनाइएको छ ।

पछिल्लो सप्ताहान्तपछि बेलायतका विभिन्न सहरमा हिंसात्मक गतिविधि बढ्दै गएको छ । यसक्रममा हालसम्म १५० जनालाई गिरफ्तार गरिएको जनाइएको छ ।

प्रधानमन्त्री स्टार्मरले बढ्दो हिंसा र आक्रमणको निन्दा गरेका छन् । उनले आइतबार देशका नाममा सम्बोधन गर्दै यस्ता गतिविधिमा संलग्नलाई कानुनी कारबाहीमा ल्याउन सुरक्षा निकायलाई निर्देशन पनि दिएका छन् ।

हिंसात्मक रूपमा उत्रिएका आन्दोलनकारीले विभिन्न ठाउँमा तोडफोड र आगजनी गर्दै आएका छन् । हालै एउटा डान्स पार्टीमा तीन बालिकाको हत्यापछि बेलायतमा उग्र दक्षिणपन्थी समूहले हिंसात्मक गतिविधि थालेको हो । बीबीसीबाट ।

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  ०९:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro