site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
ह्यारिस र ट्रम्पबीच पहिलो ‘डिबेट’बारे विवाद, एउटाको रोजाइ एबीसी, अर्कोको फक्स

वासिङटन । अमेरिकी राष्ट्रपति पदका उमेदवार कमला ह्यारिस र डोनाल्ड ट्रम्पबीच पहिलो ‘डिबेट’ कुन मिडियामा गर्ने भनेर विवाद भएको छ ।

डेमोर्क्र्याटिक पार्टीकी उमेदवार ह्यारिस एबीसी न्युजमा डिसेम्बर १० का दिन डिबेटमा भाग लिन इच्छुक छिन् । यो डिबेटको स्थान र मिति यसअघि जो बाइडेन डेमोर्क्र्याटिक पार्टीका तर्फबाट उमेदवार भएकै बेलामा तय थियो ।

तर, ट्रम्पले एबीसीको डिबेट निरस्त भइसकेको बताएका छन् । उनको तर्कअनुसार बाइडेन उमेदवारीबाट हटिसकेकाले उक्त सहमति लागु हुँदैन ।

ट्रम्पले एबीसीमा होइन, अब फक्स न्युजमा बहस चाहेका छन् । उनले मिति पनि नयाँ चाहेका छन् । फक्स न्युजमा सेप्टेम्बर ४ मा डिबेट होस् भन्ने उनी चाहन्छन् ।

यसपालि अमेरिकामा नोभेम्बर ५ मा राष्ट्रपति पदका निम्ति मतदान हुँदै छ ।

ट्रम्पले अर्कै टीभी च्यानल रोजेकामा ह्यारिसले ट्विट गर्दै व्यंग्य गरेकी थिइन् । उनले भनेकी थिइन्, “पूर्वराष्ट्रपति डराएर तय भइसकेको डिबेटबाट पछि हट्ने कोसिस गरिरहेका छन् । उनी फक्स न्युजतर्फ हेरिरहेका छन्, ताकि उनलाई बचाओस् ।”

फक्स न्युजको रुझान कन्जरभेटिभ पार्टीतर्फ भएको मानिन्छ । बीबीसीबाट ।

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १२:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro