site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
हानियाको हत्या इजरायल र अमेरिकाको सल्लाहमा भएको इरानको आरोप

तेहरान । गएको बुधबार इरानको तेहरानमा मारिएका हमासका नेता इस्माइल हनियाको हत्या कम दुरीमा हान्न सक्ने मिसाइलको प्रयोगबाट भएको इरानले बताएको छ । उनको हत्या कसरी भयो भन्ने बारेमा विभिन्न कुरा आइरहेको बेलामा इरानले पछिल्लो धारणा राखेको थियो । 

यसअघि न्यूयोर्क टाइम्स लगायतका पश्चिमा मिडियाले उनको हत्या दुई महिनाअघि नै गेस्ट हाउसमा फिट गरिएको बम रिमोटबाट विस्फोट गराएर भएको जनाएका थिए । इरानको एलिट रिभोलुस्नरी गार्डस (आईआरजीसी)ले शनिबार एक वक्तव्य जारी गरी पछिल्लो धारणा राखेको हो । 

इरानको सरकारी फार्स समाचार एजेन्सीले हानिया रहेको स्थानको छोटो दूरीबाट मिसाइल वा प्रोजेक्टाइल प्रहार गरिएको जनाएको छ । त्यसमा दाबी गरिएअनुसार यस योजनाको कार्यान्वयन इजरायलले गरेको र अमेरिकी सरकारको पनि समर्थन रहेको थियो । यद्यपि अमेरिकाले सो घटनामा आफ्नो कुनै लेनादेना नभएको जनाएको थियो ।

आईआरजीसीको भनाई पश्चिमा मिडियाले भनेको कुरासँग मेल नखाएको पाइएको छ । आईआरजीसीका दर्जनौं अधिकारीलाई पक्राउ वा सेवाबाट बर्खास्त गरेर सो घटनाबारेमा छानबिन इरानमा थालिएको न्यूयोर्क टाइम्सको शनिबारको एक रिपोर्टमा जनाइएको छ ।

इरानको राजधानीमा नै गोली हानी हत्या भएपछि त्यहाँको सुरक्षालाई लिएर पनि इरानभित्र चासो उत्पन्न भएको छ । सो हत्यामा आफ्नो संलग्नता  इजरायलले भने अझै पनि स्वीकार नगरिएको बीबीसीले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  ०९:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro