site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
छुरा आक्रमणका विषयमा इंग्ल्यान्डको अर्को सहरमा हुलदंगा

लन्डन । उत्तरपूर्वी इंग्ल्यान्डकोे सन्डरल्यान्डमा शुक्रबार साँझ भएको हुलदंगामा अधिकारीहरूले गम्भीर र निरन्तर हिंसाको सामना गरेको प्रहरीले जनाएको छ । यो हप्ताको सुरुमा भएको सामूहिक छुरा प्रहारको घटनालाई लिएर यो हुलदंगा भएको हो ।

घण्टौँको हुलदंगापछि आठजनालाई पक्राउ गरिएको र तीन अधिकारीलाई उपचारका निम्ति अस्पताल लगिएको नर्थम्ब्रियाका प्रहरी वरिष्ठ उपरीक्षक हेलेना ब्यारनले बताइन् ।

बीबीसीले प्रसारण गरेको फुटेजमा सन्डरल्यान्डको सिटी सेन्टरमा सयौँको भीडले प्रहरीमाथि आक्रमण गरेको र एउटा कार र प्रहरी कार्यालयको छेउमा रहेको भवनमा आगो लगाएको देखाइएको छ । 

“हामीले आज साँझ सन्डरल्यान्डमा देखेका स्तब्धकारी दृश्यहरू पूर्ण रूपमा अस्वीकार्य छन्,” ब्यारनले भनिन्, “अव्यवस्था, हिंसा र क्षति सहन गरिने छैन ।”

उनले थपिन्, “पक्राउ परेका आठजनाबाहेक अन्य संलग्न व्यक्तिहरू पत्ता लगाउन अनुसन्धान भइरहेको छ ।”

घटनाको जवाफमा आन्तरिकमन्त्री यभेट कुपरले दंगाकारीलाई कडा कारबाही गर्न सरकारको समर्थन रहेको बताए । “उनीहरूले बेलायतको प्रतिनिधित्व गर्दैनन्,” कुपरले भने ।

यसअघि, लिभरपुल सिटी सेन्टर र वरपरको अव्यवस्था र आपराधिक कार्य रोक्न अतिरिक्त अधिकारीहरू तैनाथ गरिएको मर्सीसाइड प्रहरीले जनाएको थियो ।

प्रधानमन्त्री कीर स्टारमरले हिंसात्मक कार्य गर्ने जो कोहीलाई कानुनको दायराभित्र ल्याउने वाचा गरेका छन् । रासस/एएफपी

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  १५:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro