site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
ट्रान्सफरमर मर्मतपछि सेवा सञ्चालन

खोटाङ । चट्याङले ट्रान्सफरमर जलेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा अवरुद्ध बनेको विद्युत् चार दिनपछि नयाँ ट्रान्सफरमर फेरेपछि सञ्चालनमा ल्याइएको छ । यही साउन १५ गते वर्षासँगै परेको चट्याङले जलेको ट्रान्सफरमर जलेर विद्युत् आपूर्ति बन्द भएको थियो । 

उक्त स्थानमा नयाँ ट्रान्सफरमर जडान गरेपछि गए रातिदेखि विद्युत् सञ्चालनमा आएको विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रले जनाएको छ । 

खार्मीस्थित सोतीमा रहेको ट्रान्सफरमर जलपछि सोती, फुलबिसौना, डढेली र खत्रीगाउँका ९० घरमा विद्युत् आपूर्ति बन्द भएको केन्द्रका प्रमुख सोवितबहादुर क्षत्रीले जानकारी दिए ।  

अवरुद्ध विद्युत् सञ्चालनका लागि उपभोक्ताले प्रतिघर रु १२५ का दरले रकम संकलन गरेर रु १० हजारमा ट्रान्सफरमर ढुवानी गरिएको स्थानीय हर्कराज राईले बताए । रासस

    

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  १३:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro