site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
छुटेका अमेरिकी बन्दीलाई बाइडेन र ह्यारिसले गरे स्वागत

वासिङटन । रुससँग बन्दी आदानप्रदान गर्ने सहमतिअनुसार छुटेका अमेरिकी नागरिकलाई स्वागत गर्न अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस मेरिल्यान्डस्थित बेस क्याम्प पुगेका छन् ।

आदानप्रदानमा वाल स्ट्रिट जर्नलका रिपोर्टर इभान गेर्सोभिकसहित तीन अमेरिकी नागरिक रिहा भएका थिए । अरू दुईमा पाउल ह्वेलान र आल्सु कर्मासेभा हुन् ।

रिपोर्टर इभानको परिवारले पनि उनलाई स्वागत गरेको थियो ।  उनी ४९१ दिनपछि छुटेका हुन् । बाइडेनले सो अवसरमा बन्दी रिहा गर्न भूमिका खेल्ने सबैलाई धन्यवाद दिएका थिए ।

ह्यारिसले अमेरिकामा कूटनीतिको शक्ति बुझ्ने राष्ट्रपति हुनुको महत्त्व देखिएको बताएकी थिइन् ।

बन्दी आदानप्रदानअन्तर्गत अमेरिकालगायत पश्चिमा मुलुक र रुस सहमति भएपछि बिहीबार २४ बन्दी छुटेका हुन् । जसमा अमेरिकासहित पश्चिमी मुलुकका १६ र रुसका आठजना छन् । बीबीसीबाट ।
 

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १०:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro