site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बन्धकलाई घर फर्काउन माग गर्दै इजरायलीको प्रदर्शन
तस्बिर : रोयटर्स ।

जेरुसेलम । बन्धकलाई मुक्त गर्ने हमाससँग सहमति गरेर युद्धविरामको मागसहित बिहीबार इजरायलमा प्रदर्शन गरिएको छ । इजरायलीले तेल अभिवमा प्रदर्शन गरेका हुन् ।

गएको अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेको ३०० दिन पुगेको सन्दर्भमा प्रदर्शन गर्दै उक्त माग गरिएको हो । सोही दिनदेखि नेपाली विद्यार्थी विपीन जोशी समेत बन्धक रहँदै आएकामा अझै मुक्त भएका छैनन् ।

प्रदर्शनकारीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई बन्धकलाई घर फर्काउन आग्रह समेत गरेका थिए । बन्धक बनाइएका आफन्तको तस्बिर पनि त्यसक्रममा प्रदर्शन गरिएको थियो ।

अक्टोबर ७ को आक्रमणका क्रममा कम्तीमा १२ सय मानिस मारिएका थिए । २५० जना बन्धक बनाइएका थिए ।

त्यसको जवाफमा इजरायली सेनाबाट ४० हजार प्यालेस्टाइनी मारिनुका साथै ९० हजार घाइते भएका गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सीएनएनबाट ।

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  ०९:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro