site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
६३ अंकको करेक्सनपछि नेप्से २७५५ विन्दुमा बन्द, २१ अर्ब ७१ करोडको सेयर कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ । बुधबार बजारमा झिनो अंकले करेक्सन आए पनि २१ अर्ब ७१ करोड ३४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार २१ अर्ब ९१ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

यसदिन नेप्से परिसूचक ५.२९ अंकले घटेर २७५५.६२ विन्दुमा बन्द भएको छ । दिनभरीको कारोबारमा ६३ अंकको करेक्सन भएको थियो । नेप्से २८०५.५७ विन्दुसम्म पुगेर २७४२.५३ विन्दुसम्म झरेको थियो । तर, अन्तिममा बजार स्थिरजस्तै देखिएको छ ।

७४ कम्पनीको सेयर मूल्य बढेको छ भने १६४ कम्पनीको सेयर मूल्य घटेको छ । पाँच कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । पिपुल्स हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.१३ प्रतिशतले घटेको छ । आज पनि हिमालयन रि–इन्स्योरेन्सको सेयर कारोबार सर्वाधिक मूल्यको भएको छ ।

कारोबारमा आएका १३ मध्ये ६ समूहको परिसूचक बढेको छ । जीवन बिमा समूहको परिसूचक ३.६९ प्रतिशतले घटेको छ ।  

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १५:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro