site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतको हिमाञ्चल प्रदेशमा भारी वर्षा : ५२ जना बेपत्ता

सिमला । भारतको हिमाञ्चल प्रदेशको कुल्लु, सिमला र मंडी जिल्लामा गएराति आएको भारी वर्षाका कारण ५२ जना बेपत्ता भएका छन् ।

मुख्यमन्त्री सुखबिन्दरसिंह सुक्खुले आफ्नो सचिवालयमा एक आपतकालीन बैठक बोलाएर अवस्थाको बारेमा जानकारी दिएका छन् ।

शिमलाको झाकडीको नजिक समेज खडमा बाढीका कारण भारी नोक्सानी भएको जनाइएको छ । त्यहाँ ३५ भन्दा बढी मानिस हराएको र थुप्रै घरमा नोक्सान भएको जनाइएको छ । बिहान ४ बजेबाट एक्कासि भारी वर्षा भएको थियो । यस्तै, कुल्लु जिल्लाको निरमंड नजिक केदस गाउँमा पाँच घर बगेका छन् ।

मुख्यमन्त्रीले ५० जनाभन्दा बढी मानिस अझै बेपत्ता रहेको र दुईजनाको भने शव फेला परेको जनाएका छन् । बीबीसी

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १४:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro