site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेप्से ६४.२५ अंकले बढेर २७६०.९० विन्दुमा, लगानीकर्ता फाइनान्स र लगानी समूहमा झुम्मिए 

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ६४.२५ अंकले बढेर २७६०.९० विन्दुमा बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बुधबार कारोबार रकमले भने यसअघिको ‘रेकर्ड ब्रेक’ गरेको छ ।

आज हालसम्मकै उच्च मूल्यको सेयर कारोबार भएको छ । नेप्सेका अनुसार २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबारमा आएका १३ वटै समूहको परिसूचक बढेको भए पनि फाइनान्स र लगानी समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । नेप्सेका अनुसार फाइनान्स समू्हको परिसूचक ८.०८ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी लगानी समूहको परिसूचक ६.८९ प्रतिशतले वृद्धि भएको छ ।

यसदिन १९१ कम्पनीको सेयर मूल्य बढेको छ । ४४ कम्पनीको सेयर मूल्य घटेको छ भने बाँकी सात कम्पनीको सेयर मूल्य स्थिर छ ।

२१ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । जसमध्ये आठ कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

हिमालयन रि–इन्स्योरेन्सको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । यो कम्पनीको ८४ करोड ४९ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । 

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १५:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro