site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भोजपुरमा बाढीले बगाएका मजदुरको शव फेला
प्रतीकात्मक तस्बिर ।

टक्सार (भोजपुर) । बाढीले बगाएर बेपत्ता भएका एक मजदुरको शव फेला परेको छ । 

भोजपुरको उत्तरी क्षेत्र साल्पासिलिछो गाउँपालिका–४, गोथे बजारमा निर्माणाधीन इखुवा खोलाको इखुवा जलविद्युत् आयोजनामा कार्यरत मजदुरको शव फेला परेको हो ।

बर्दियाको बारा बर्दिया गाउँपालिका–३ का ३० वर्षीय रमेश थारुको शव आज अरुण नदीको सतिघाटमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक युवराज तिम्सिनाले जानकारी दिए ।

इखुवा खोलाको बाढीले मंगलबार इखुवा जलविद्युत् आयोजनामा कार्यरत दुई मजदुरलाई बगाएको थियो । थारुसँगै बगेका २६ वर्षीय श्यामकुमार थारु हालसम्म बेपत्ता छन् । उनको खोजी कार्य जारी रहेको प्रहरी नायव उपरीक्षक तिम्सिनाले बताए ।

यस्तै, बाढीमा परेका २६ वर्षीय रामकिसन थारुको भने स्थानीयले उद्धार गरेका थिए । बेपत्ताको खोजी गर्न प्रहरी चौकी चौकीडाँडा, इलाका प्रहरी कार्यालय दिङ्ला तथा सशस्त्र प्रहरी बलको अस्थाइ बेस क्याम्प चौकीडाँडाको टोली खटिएको छ । रासस

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १२:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro