site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
यी जिल्लाका नदी तथा खोलामा आज बाढीको सम्भावना

काठमाडौं । देशका केही नदी तथा खोलामा आज बाढीको सम्भावना छ । सुनकोसी नदी र वाग्मती नदीको जलसतह बढ्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

जलसतह सतर्कता तह आसपास रहने पूर्वानुमान रहेकाले उक्त नदीहरूको तटीय क्षेत्रका क्रियाकलापमा उच्च सतर्कता अपनाउन विभागको आग्रह छ । 

काठमाडौं, ललितपुर, भक्तपुर, रुपन्देही, अर्घाखाँची, स्याङ्जा, गुल्मी, कपिलवस्तु, दैलेख भएर बग्ने नदी तथा खोलामा बाढीको सम्भावना छ ।  प्युठान, रोल्पा, सल्यान, सुर्खेत, कैलाली, कन्चनपुर र आसपासका जिल्ला भएर बहने अधिकांश स–साना नदी तथा खोलामा बहाव बढ्ने पूर्वानुमान रहेकाले उच्च सतर्कता अपनाउन विभागको अनुरोध छ । 

आगामी तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूमा जलसतह बढ्ने पूर्वानुमान छ । कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह बढ्दो क्रममा रहने तर सतर्कता तह तलै रहने विभागको भनाइ छ । 
 

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १०:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro