site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
केरला बाढीपहिरो अपडेट : ज्यान गुमाउनेको संख्या १२५ पुग्यो, अझै ९८ जना बेपत्ता

काठमाडौं । भारतको केरलास्थित वायनाडमा भारी वर्षाका कारण गएको बाढीपहिरोका कारण ज्यान गुमाउनेको संख्या १२५ पुगेको छ । घाइते भएका १३१ जना अस्पताल भर्ना भएका छन् । अहिलेसम्म ९८ जना बेपत्ता रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उद्धारका लागि सेना, वायुसेना, एसडीआरएफ र एनडीआरएफका टोली परिचालन गरिएको छ ।

सोमबार राति चार ठाउँमा पहिरो खसेको छ । बिहान २ बजेदेखि ६ बजेसम्मको पहिरोमा चार गाउँ डुबानमा परेका छन् । मुण्डक्काई, चुरामाला, अट्टामाला र नूलपुजामा पनि घर, पुल, सडक र सवारीसाधन बगेका छन् ।

केरला सरकारले राज्यमा दुईदिने राजकीय शोकको घोषणा गरेको छ ।

यसैबीच, मौसम पूर्वानुमान महाशाखाले बुधबार प्रदेशका आठ जिल्लामा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । सोही कारण हिजो यी जिल्लाका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरिएको छ ।

पाँच वर्षअघि सोही क्षेत्रमा पहिरोमा परेर १७ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  २३:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro