site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंमा जुवा खेलिरहेका नौजना समातिए

काठमाडौं । काठमाडौंमा जुवा (ओखर) खेलिरहेको अवस्थामा नौजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंकै बूढानीलकण्ठ नगरपालिका–५, देउला टोलका २१ वर्षीय कविर देउलालगायत व्यक्ति छन् ।

काठमाडौं महानगरपालिका–४, चुनदेवीस्थित यमकुमारी आलेको घरमा जुवा (ओखर) खेलिरहेको अवस्थामा सोमबार साँझ उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नगद १० लाख ११ हजार रुपैयाँ र १३ ओखरसहित नौजनालाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १२:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro