site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पूर्वराज्यमन्त्री रायको हत्यामा उनकै घरमा काम गर्ने २५ वर्षीय युवक संलग्न !

सर्लाही । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्यामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले जग्गासम्बन्धी मत भिन्नता र आर्थिक प्रलोभनका कारण पूर्वराज्यमन्त्री रामचन्दको हत्या भएको देखाएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले रामचन्द्रको हत्याको आरोपमा उनकै घरमा सहयोगीको रूपमा काम गर्ने कविलासी नगरपालिका–३ का २५ वर्षीय रामउजैन राय र चन्द्रनगर गाउँपालिका–१ रतनपुरका ४६ वर्षीय वीरेन्द्र रायलाई पक्राउ गरेको हो ।

मलंगवा नगरपालिका–४ स्थायी घर भएका ८१ वर्षीय पूर्वराज्यमन्त्री रामचन्द्रको साउन ७ गते राति चन्द्रनगर गाउँपालिका–१, रतनपुरस्थित फार्म हाउसमा हत्या भएको थियो । धान खेती गर्न रतनपुर पुगेका रायको उखु काट्ने धारिलो हतियार फर्साले टाउको विभिन्न भागमा प्रहार गरी सुत्ने कोठमा हत्या गरिएको थियो ।

रामचन्द्रको हत्याको मुख्य कारण जग्गासम्बन्धी विवाद रहेको प्रहरीले जनाएको छ । रामचन्द्रको चन्द्रनगर–१ रतपुरस्थित बनाएको दुईकोठे फार्म हाउसको जग्गा आफ्नो हो भनी छिमेकी वीरेन्द्र रायले पाउनुपर्ने माग गर्दै आएका थिए । प्रमाण जुटाउनका लागि वीरेन्द्रले पूर्वराज्यमन्त्रीका सहयोगी राम उजैनलाई प्रयोग गरेको प्रहरीले जनाएको छ । 

वीरेन्द्रले सहयोगीलाई झुक्याई उक्त जमिनको नक्साको भिडियो समेत बनाएको प्रहरी उपरीक्षक रबिन्द्रबहादुर सिंहले बताए । रामचन्द्रलाई मारे मात्र जग्गा पाउने दाउमा रहेका वीरेन्द्रले सहयोगीलाई प्रयोग गरेको प्रहरीले जनाएको छ । केहीदिन अगाडि वीरेन्द्रले सहयोगी राम उजैनलाई रामचन्द्रको हत्या गरेबापत दुई लाख रुपैयाँ र व्यवसायका लागि एउटा फार्म बनाइदिने भन्दै प्रलोभन दिएको प्रहरीले जनाएको छ । वीरेन्द्रको उक्साहट र प्रलोभनमा परी राम उजैनले राय एक्लै हत्या गरेको प्रहरीको भनाइ छ । 

रामचन्द्रको हत्यारा पत्ता लगाउन केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश प्रहरी कार्यालयको अनुसन्धान अधिकृतसहितको टोलीको साथै जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठको कमान्डमा छ सदस्यीय अनुसन्धान टाली खटाइएको थियो । 

प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग भएको धारिलो हतियार फर्सा, राज उजैन राय सुतेको तन्नामा रगत जस्तो रातो पदार्थ लागेको फेला परेको, सेतो गञ्जी, हाफ पाइन्टलगायत सबुत प्रमाण प्रहरीले फेला पारेको छ । घटनासँग सम्बन्धित विभिन्न व्यक्तिहरूको पोलिग्राफी जाँच प्रहरीले गरेको जनाइएको छ । रासस

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  २२:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro