site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
टेक्सास हत्याकाण्ड : नहान भन्दाभन्दै नेपाली युवकमाथि गोली प्रहार

टेक्सास । अमेरिकाको टेक्सासस्थित मेक लेनान काउन्टीको एउटा स्टोरमा कार्यरत नेपाली युवक ३० वर्षीय दीपक ओलीको अज्ञात समूहले हत्या गरेको छ । गोली हानी उनको हत्या गरिएको हो ।

उनी स्टोरमा क्लर्कका रूपमा काम गर्थे । सोही स्थानको अर्को स्टोरका क्लर्क स्टेफान सन्नीले गोली काण्डपछि उनैले प्रहरीलाई खबर गरेको जनाएका छन् ।

उनका अनुसार, दुई व्यक्ति आइतबार बिहान करिब ५ः२० बजे बन्दुकसहित त्यहाँ गएका थिए । दीपक काउन्टरमा बसिरहेका थिए । उनी भाग्न खोजे पनि त्यसअघि नै आक्रमणकारीले गोली चलाएको सन्नीले बताएका छन् ।

सन्नीले आफूले सेक्युरिटी फुटेज हेरेको उल्लेख गरेका छन् । गोली हान्न लागेका बेला दीपकले हातले ‘बन्दुक नहान’ भन्न खोजेको र उनी घुम्दै गर्दा प्रहार गरिएको जनाएका छन् ।

उनका बारेमा सुरक्षा निकायले अनुसन्धान गरिरहेको र थप जानकारी भएमा सूचना दिन आग्रह समेत गरिएको छ ।

सन्नीका अनुसार, नेपालमा दीपककी पत्नी र पाँच वर्षीया छोरी छन् । अधिकारीहरूका अनुसार, परिवारका सदस्यलाई घटनाबारे जानकारी गराइएको छ । नेपालमा उनको घर रुकुमको बाँफिकोट भएको जनाइएको छ । एजेन्सी

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १५:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro