site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सेयर बजारमा करेक्सन, १९ अर्ब ६० करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सोमबार करेक्सन देखिएको छ । साताको दोस्रो कारोबारको दिन बजारमा २०.६३ अंकको करेक्सन देखिएको हो ।

अघिल्लो कारोबारका दिन बजार परिसूचक ११३ अंकले बढेर २६८१ विन्दुमा उक्लिएको थियो । यस दिनको कारोबारपश्चात् बजार मापक २६६१.०९ मा कायम छ ।

बजार घटे पनि कारोबार रकममा उल्लेख्य वृद्धि भएको छ । सोमबार १६ अर्ब ६० करोड ९१ लाख ७७ हजार १०६ रुपैयाँबराबरका चार करोड ७७ लाख ९० हजार ८३७ कित्ता सेयर दुई लाख २२ हजार ६६० पटकमा किनबेच भएको नेप्सेले जनाएको छ । आइतबार १५ अर्ब ८१ करोड रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएको थियो ।

बजारमा करेक्सन देखिँदा नेपाल फाइनान्स, मन्दाकिनी हाइड्रो, बाराही हाइड्रो, जानकी फाइनान्स, गणपति लघुवित्त उच्च कमाउने शीर्ष कम्पनीमा परेका छन् ।

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १५:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro