site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बीवाईडीले गर्‍यो वृक्षरोपण

काठमाडौं । बीवाईडी अटोको नेपालका निम्ति आधिकारिक वितरक साइमेक्स इंकले काठमाडौंको कालीमाटीस्थित दुई पकेट फरेस्टमा वृक्षरोपण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अभियान ‘बिल्डिङ ड्रिम्स एन्ड फरेस्ट’अन्तर्गत बीवाईडीले त्यहाँ ५५० बिरुवा रोपिएको जनाएको छ ।

दी हिडन ट्रेजर, रिभोलुसन प्रोजेक्ट र काठमाडौं महानगरपालिका–१३ सँगको सहकार्यमा वृक्षरोपण गरिएको कम्पनीले जानकारी गराएको छ । वृक्षरोपणमा मिस नेपाल २०२४ का प्रतियोगी समेत सहभागी थिए ।

नयाँ पकेट फरेस्टमा रोपिएका बिरुवाको वृद्धि र दिगोपनाका निम्ति आउँदो तीन वर्षसम्म सावधानीपूर्वक हेरचाह गरिने कम्पनीले जनाएको छ ।

उक्त वृक्षरोपणबाट पाँच वर्षपछि २९५ टन अक्सिजन उत्पादन र १११ टन कार्बन स्टोर हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार, १० वर्षपछि ५९१ टन अक्सिजन उत्पादन र २२२ टन कार्बन स्टोर हुनेछ । २० वर्षपछि १,१८२ टन अक्सिजन उत्पादन र ४४३ टन कार्बन स्टोर हुने कम्पनीको दाबी छ ।

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १३:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro