site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
साइप्रस प्रकरण : नेपालीमाथि छुरा प्रहार गर्ने व्यक्ति पक्राउ

साइप्रस । साइप्रसको लिमाजोलको आइओस क्षेत्रमा दुई नेपाली युवकमाथि छुरा प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । अफ्रिकी मूलका ती व्यक्तिलाई स्थानीय सुपरमार्केटको क्याफ्टेरियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उक्त सहरको सीआईडीले शंकास्पद व्यक्तिको तस्बिर सार्वजनिक गरेपछि उनीहरू सुपरमार्केटको क्याफ्टेरियामा फेला परेका हुन् । उनीहरूको नाम भने खुलाइएको छैन । 

घाइते नेपालीमध्ये एकजना ३३ वर्षिय युवकलाई काँधका दुई स्थानमा आइतबार छुरा प्रहार भएको थियो । उनलाई प्रहरीले अस्पताल पुर्याएको थियो । अर्का २५ वर्षिय घाइते युवक आफैं अस्पताल गएको जनाइएको छ । घाइते नेपालीको पहिचान खुलाइएको छैन ।

ती मध्ये ३३ वर्षिय युवकको अवस्था चिन्ताजनक छ । लिमाजोल जनरल अस्पतालको इन्टेन्सिभ केयर युनिटमा उनको उपचार भइरहेको समाचारमा उल्लेख छ । 

पक्राउ परेका व्यक्तिलाई हिरासतमा लिइएको प्रहरीले जनाएको छ । आक्रमणको कारण खुलाइएको छैन । एजेन्सी
 

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  ०८:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro