site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
हिमालयन बैंकको बनेपा शाखा स्थानान्तरण

काठमाडौं । हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् नजिकका शाखा सञ्जालमध्ये काभ्रेको बनेपा शाखा–२ लाई स्थानान्तरण गरिएको छ । साविक स्थानबाट करिब ६.२ किमि दक्षिणतर्फ पनौती शाखाको नामबाट आइतबारदेखि सेवा सञ्चालन गरिएको हो ।

उक्त शाखा कार्यालयको बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणाले उद्घाटन गरे । त्यस अवसरमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अनुप मास्के, कर्मचारी र अरू अतिथिको उपिस्थति थियो ।

हाल बैंकले नेपालभरका १७४ शाखा कार्यालय, २० विस्तारित काउन्टर र २६४ एटीएममार्फत सेवा दिँदै आएको जनाएको छ ।

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १९:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro