site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
दुईपटक सकारात्मक ‘सर्किट ब्रेक’ लागेको नेप्से ११३ अंकले बढेर बन्द, १५ अर्ब ८१ करोडको कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइतबार ११३.४२ अंकले बढेर बन्द भएको छ । यस दिन कारोबार खुल्नेबित्तिकै दुईपटक सकारात्मक ‘सर्किट ब्रेक’ लागेको बजार अन्तिममा ४.४१ प्रतिशतले वृद्धि भएर २६८१.५६ विन्दुमा बन्द भएको हो ।

१५ अर्ब ८१ करोड पाँच लाख रुपैयाँको सेयर कारोबार भएको छ । मौद्रिक नीति सार्वजनिक भएपछिको पहिलो सेयर कारोबार दिन बजार सकारात्मक देखिएको छ । बेच्नेभन्दा किन्ने बढ्दा दुईपटकसम्म सर्किट ब्रेक लागेर बजार बन्द भयो ।

पहिले एक मिनेटमा बजार चार प्रतिशतले बढेर २० मिनेट र त्यसपछि पुनः सर्किट ब्रेक लागेर ४० मिनेट बजार बन्द भएको थियो ।

वाणिज्य बैंकहरूको सेयर सर्वाधिक बढेको छ । वाणिज्य बैंकिङ समूहको परिसूचक ९.८९ प्रतिशतले बढेर बन्द भएको छ । लगानी समूहको परिसूचक ५.७५ प्रतिशतले बढेको छ । माइक्रोफाइनान्सको सेयर मूल्य भने ०.१८ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १५:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro