site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
गोरखा पहिरोका घाइतेलाई काठमाडौं लगियो 

गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५, सिङ्लास्थित रेसेमा शनिबार राति पहिरोमा परी घाइते भएका दुईजनालाई उपचारका निम्ति हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार, पहिरोमा परी घाइते भएका स्थानीय ३५ वर्षीय दिलीप गुरुङ र २७ वर्षीय खमबहादुर गुरुङलाई कैलाश एयरको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको छ । पहिरोमा परी बेपत्ता भएकाहरूको खोजीकार्य जारी रहेको उनले बताए ।

स्थानीय जीतबहादुर गुरुङको घर र गोठ पहिरोले बगाउँदा पाँचजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ३७ वर्षीय जीतबहादुरसहित उनका बुवा ६० वर्षीय सोलाल कान्छा गुरुङ, उनकी श्रीमती ३५ वर्षीया कान्छी गुरुङ, ३३ वर्षीय रमेश गुरुङ र २४ वर्षीय रमेश परियार छन् ।

जीतबहादुरले सञ्चालन गर्दै आएको कृषि फार्म र नजिकैको एउटा घर शनिबार राति (आइतबार बिहान) करिब ३ बजे पहिरो खस्दा बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

उद्धारका निम्ति जिल्ला प्रहरी कार्यालय तथा लाप्राक र माछीखोलाबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ । रासस

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १३:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro