site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
दुईपटक ‘सर्किट ब्रेक’ लागेर बढेको बजार पाँच मिनेटमा ५७ अंकले झर्‍यो 

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइतबार पाँच मिनेटमा ५७ अंकले ओराले लागेको छ । बजार खुलेको पहिलो एक मिनेट र दोस्रोपटक पुनः एक मिनेटमै बजार बढेर एक घण्टा बन्द भएको थियो ।

दुईपटक ‘सर्किट ब्रेक’ लाग्दा बजार १२९ अंकले माथि उक्लिएको थियो । त्यसपछि खुलेको पाँच मिनेटमा बजार ५७ अंकले घटेको हो ।

उक्त अवधिमा एक अर्ब ६९ करोड ५७ लाख रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । यो कारोबार सात मिनेटको हो ।

कारोबार सुरु भएको पहिलो एक घण्टाभित्र ४ प्रतिशतले बजार बढेर २० र दोस्रोपटक ५ प्रतिशतले बढेर ४० मिनेटका निम्ति बन्द भएको थियो । त्यसपछि भने बजार सम्हालिएको छ ।

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १२:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro