site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
झापामा एक वर्षमा ४७ किलोमिटर सडक कालोपत्र

बनियानी (झापा) । एक वर्षमा  झापामा ४७ किलोमिटर सडक कालोपत्र भएको छ । पूर्वाधार विकास कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ४७ किलोमिटर किलोमिटर सडक कालोपत्र भएको हो ।

समीक्षा अवधिमा १४ किलोमिटर सडक मर्मत भएको छ भने २३.३२ किलोमिटर ग्राभेल गरिएको छ । चारवटा मोटरेबल पुल पनि निर्माण भएका छन् ।

झापा र इलाम जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले इलाममा ३.५ किलोमिटर सडक मर्मत, ४.२८२ किलोमिटर ग्राभेल, तीन किलोमिटर कच्ची सडक, २.२५ किलोमिटर सोलिङ र ०.३५५ किलोमिटर सडक कालोपत्र गरेको तथा दुईवटा मोटरेबल पुल निर्माण गरेको कार्यालयका सूचना अधिकारी उत्तम खरेलले बताए । रासस

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  ०८:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro