site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विष्णुमती नदी र खोड्कु खोलाको जलसतह सतर्कता तहभन्दा माथि, कहाँ कहाँ जोखिम छ ?
फाइल तस्बिर ।

काठमाडौं । देशका अधिकांश ठाउँमा वर्षा भइरहेको छ । वर्षाका कारण काठमाडौं, ललितपुरलगायत देशका विभिन्न ठाउँका नदी तथा खोलाको जलसतह बढ्दो छ ।

काठमाडौंस्थित विष्णुमती नदी जलमापन केन्द्रमा आइतबार बिहान जलसतह खतरा तह पार गरेको छ ।

ललितपुरको खोड्कु खोला झरुवारासी जलमापन केन्द्रमा आइतबार बिहान जलसतह सतर्कता तह पार गरेको छ । साथै जलसतह तह बढ्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले भोलि बिहानसम्मै उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

त्यस्तै, काठमाडौंको बूढानीलकण्ठ, कपन, ललितपुरको लेले, गोदावरी, टिकाथली र आसपास पछिल्लो तीन घण्टामा मध्यमदेखि भारी वर्षा भइरहेको विभागले जनाएको छ । धोबीखोला, विष्णुमती नदी, लेले खोला, गोदावरी खोलाको जलसतह बढ्दो क्रममा रहेको र थप बढ्न सक्ने सम्भावना रहेको जनाइएको छ ।

गोरखास्थित दरौदी खोला, नयाँ साँगु जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा छ । नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा रहनेले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

विभागले आज बिहान ४ः३० बजे गरेको मापन अनुसार पछिल्लो तीन घण्टामा लमजुङको बेसीसहर, खुदीबजार, कुन्चा, घारेढुंगा र धेरै स्थानमा भारी बर्षा मापन भएको छ । खुदी खोलालगायत सो क्षेत्र भई बहने स–साना नदीहरूमा आकस्मिक बाढीको जोखिम, कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकोले बिहानसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  ०६:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro