site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौं उपत्यकाका पालिका र मातहतका निकायमा आज सार्वजनिक बिदा

काठमाडौं । उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र  मातहतका निकायमा आज सार्वजनिक बिदा दिइएको छ ।

बिहीबार राति मृत्यु भएका कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको शोकमा काठमाडौं उपत्यका मेयर्स फोरमले काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नकर्मीको बिहीबार मृत्यु भएको थियो ।

नकर्मी विसं २०२१ असार २० गते जन्मिएका थिए ।  विकासप्रेमी एवं समाजसेवीका रूपमा परिचित नकर्मी २०७९ को स्थानीय निर्वाचनमा कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका थिए ।

 

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  ०५:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro