site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मृतकका परिवारले माग पूरा नभएसम्म शव नबुझ्ने 

काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाका परिवारले माग पूरा नभएसम्म शव नबुझ्ने भएका छन् । त्रिवि शिक्षण अस्पतालमा आफन्तको शवको पर्खाइमा बसेका उनीहरूले एयरलाइन्सका प्रतिनिधिसँगको भेटमा यस्तो बताएका हुन् ।

मृतकका परिवारलाई रोजगारी, सन्तानको उच्च शिक्षा लगायतको व्यवस्था एयरलाइन्सले गर्नुपर्ने उनीहरूको माग छ । बिहीबारसम्म एयरलाइन्स कम्पनीबाट कोही पनि भेट्न नआएको भन्दै आक्रोश पोखेका थिए । 

बिहीबार दिउँसो शिक्षण अस्पताल पुगेका सौर्य एयरलाइन्सका व्यवस्थापक मुकेश खनालसँग परिवारले यस्ता माग अघि सारेका हुन् । खनालले परिवारलाई क्षतिपूर्ति बिमामार्फत गर्न एयरलाइन्सले प्रक्रिया अघि बढाएको जवाफ दिए । 

परिवारले कम्पनीका सीईओले भेटेर आफूहरूसँग लिखित सम्झौता गर्नुपरे माग राखेका छन् ।

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १४:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro