site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
क्याप्टेन मनिषरत्न शाक्य खतरामुक्त

काठमाडौं । सौर्यको  विमान दुर्घटनाबाट घाइते भएका क्याप्टेन मनिषरत्न शाक्य खतरामुक्त रहेका छन् । बुधबार साँझ सिनामंगलमा रहेको केएमसी अस्पताल पुगेर भेटेपछि ओलीले क्याप्टेन शाक्य खतरामुक्त रहेको जानकारी दिएका हुन् ।

"उहाँलाई आईसीयूमा उपचार गरिएको छ । चिकित्सक र परिवारजनसँग उहाँको अवस्थाबारे जानकारी लिएँ । उहाँ खतरामुक्त हुनुहुन्छ," ओलीले फेसबुकमार्फत भनेका छन् ।

प्रधानमन्त्री ओलीले 'अब यस्तो कहिल्यै नहोस्' भन्ने कामना पनि गरेका हन् ।

बुधबार सौर्य एयरको जहाज त्रिभुवन विमानस्थलमा दुर्घटना हुँदा क्याप्टेन शाक्यबाहेक अरू सबै १८ जनाले ज्यान गुमाएका थिए । उनको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

सरकारले दुर्घटनामा परेर ज्यान गुमाएकाको शोकमा भोलि झन्डा आधा झुकाउने निर्णय गरेको छ । यस्तै, दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको छ ।

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  २१:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro