site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एक वर्षमा पाथीभरामा चार करोड भेटी संकलन 

ताप्लेजुङ । यहाँ रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एक वर्षमा करिब चार करोड रुपैयाँ भेटी संकलन भएको छ । स्वदेश तथा विदेशबाट मन्दिर दर्शनका लागि यहाँ आउने भक्तजनले भेटीका रुपमा चढाएको उक्त रकम संकलन गरिएको हो । 

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार साउन, भदौ, असोज, कात्तिक र मंसिरमा मात्रै एक करोड ६ लाख ४३ हजार १७२ भेटी संकलन भएको थियो ।  

पुसमा ३५ लाख २९ हजार, माघमा २४ लाख एक हजार ५०० र फागुनमा ५५ लाख ६० हजार ८८० भेटी संकलन भएको समितिले जनाएको छ । 

पाथीभरामा मुख्य पूजापाठ चैते दसैँको समयमा हुने भएका उक्त समयमा भक्तजनको घुइँचो लाग्ने गरेको निर्देशक हाङवाङले बताए । चैत मात्र ७५ लाख सात हजार १५० भेटी संकलन भएको उनले जानकारी दिए ।  

पाथीभरा क्षेत्र विकास समितले वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै वैशाखमा ६९ लाख ३२ हजार ४००, जेठमा १५ लाख ६५ हजार ९६५ र असारमा १६ लाख ८८ हजार ९०० भेटी संकलन भएको छ । 

गत आवमा दुई लाख ३१ हजार ३३४ जना भक्तजनले ताप्लेजुङको पाथीभरा धाममा पुगेर पूजापाठ गरेका क्षेत्र विकास समितिले जनाएको छ । रासस
 

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १३:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro