site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कीर्तिमानी रच्दै आयोन ब्रान्ड, चार वर्षमै बिक्री भए १० लाख विद्युतीय गाडी

काठमाडौं । चिनियाँ अटोमोबाइल कम्पनी जीएसी ग्रुपले आफ्नो विद्युतीय सवारी (ईभी) ब्रान्ड आयोनको बिक्रीमा नयाँ कीर्तिमानी हासिल गरेको बताएको छ ।

कम्पनीले आयोन ब्रान्ड स्थापना भएको चार वर्षमै दश लाख युनिट गाडी बिक्री गर्न सफल भएको बताएको छ ।

यसले कम्पनी विश्वकै सबैभन्दा तीव्र रूपमा विकास भइरहेको मध्येमा परेको जीएसीको दाबी छ ।

आयोन ईभीको नवप्रवर्तनकारी प्रविधि, उत्कृष्ट प्रदर्शन र स्थिरताले यसको बजार बढ्दै गएको कम्पनीले जनाएको छ ।

गाडीको आकर्षक डिजाइन, उन्नत विशेषता र उत्कृष्ट रेन्जले नेपालको दिगो भविष्यमा समेत योगदान पुर्‍याइरहेको कम्पनीको भनाइ छ ।

हाल नेपालमा सीजी मोटोकर्पले आयोनका ईभी बिक्री गर्दै आएको छ ।
 

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १४:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro