site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ललितपुरको ठैवमा देखियो हैजा

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–१४, ठैवमा हैजा संक्रमण देखिएको छ । ठैवस्थित एक पुनर्स्थापना केन्द्र (रिह्याबिलिटेसन सेन्टर)मा चार पुरुषमा हैजा पुष्टि भएको वडाध्यक्ष निरोज बज्राचार्यले जानकारी दिए ।

केन्द्रमा रहेका ६ युवामा पखाला लाग्ने, बान्ता हुनेजस्ता लक्षण देखिएपछि परीक्षण गर्दा चारजनामा हैजा पुष्टि भएको उनले बताए ।

बिरामीमध्ये टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दुईजनाको उपचार भइरहेको छ । अरू दुईजनाको अवस्था सामान्य र पुनर्स्थापना केन्द्रमै छन् ।

हैजाको लक्षण देखिएपछि जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरको टोली सोमबार (हिजो) केन्द्र पुगी थप परीक्षण गरेको थियो । केन्द्रका अरू व्यक्ति र समुदायमा भने हैजाका लक्षण देखिएको छैन । हैजाको कारणबारे अनुसन्धान भइरहेको वडाध्यक्ष महर्जनले बताए ।

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १३:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro