site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
उत्तरगंगाले बगाएका रामबहादुर मृत भेटिए

गलकोट (बागलुङ) । उत्तरगंगा नदी तर्ने क्रममा बेपत्ता भएका रामबहादुर बिक मृत फेला परेका छन् । बागलुङको ढोरपाटन नगरपालिका–८ निवासी ५४ वर्षीय बिक आइतबार उत्तरगंगा नदी तर्ने क्रममा बेपत्ता भएका थिए । उनी आज मृत फेला पारेको प्रहरीले जनाएको छ ।

ढोरपाटन नगरपालिका–९ स्थित उत्तरगंगा नदीमा आफूले लगाउने कपडा र चप्पल किनारमा राखी नदी तर्ने क्रममा आइतबार बेपत्ता भएका बिक आज मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय यादवले जानकारी दिए ।

नदीले बगाएको स्थानदेखि करिब १० किलोमिटर तल ढोरपाटन नगरपालिका–९ दिज स्थित उत्तरगंगा नदीको भाग मृत फेला परेको यादवले जानकारी दिए ।

घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट प्रहरी निरीक्षक राजकुमार बिकको नेतृत्वमा प्रहरी टोली खटिएको छ । रासस

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  २३:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro