site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
तनहुँमा बलात्कार आरोपमा एकजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । तनहुँमा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भिमाद नगरपालिका–६, माझटारका ३५ वर्षीय पिताम्बर नेपाली छन् ।

३२ वर्षीया महिलाको बलात्कार गरेको उनीमाथि आरोप छ । आइतबार (हिजो) दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

ती महिलालाई आफ्नै घरमा लगेर शनिबार बेलुका बलात्कार गरेको भन्ने उजुरीपछि खटिएको प्रहरी टोलीले नेपालीलाई पक्राउ गरेको जनाइएको छ ।

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १६:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro