site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बाइडेनलाई ओबामाले भने– ‘महत्त्वपूर्ण राष्ट्रपति’, कमलाबारे बोलेनन्

वासिंटन । जो वाइडेनले अमेरिकी राष्ट्रपतिको उमेदवारी छोड्ने निर्णय गरेपछि पूर्वराष्ट्रपति बाराक ओबामाले बाइडेन अमेरिकाको सबैभन्दा ‘महत्त्वपूर्ण राष्ट्रपति’मा एक भएको प्रतिक्रिया दिएका छन् ।

ओबामाको पालामा उपराष्ट्रपति भएका बाइडेनले राष्ट्रपतिमा पनि आफूलाई सावित गरेको उनले प्रतिक्रिया दिएका छन् ।

ओबामाले भनेका छन्, "कोभिड महामारी सकिनुमा बाइडेनको महत्त्वपूर्ण भूमिका छ । उनले लाखौँ नोकरी सिर्जना गरेका छन् । औषधिको मूल्य घटाए । ३० वर्षमा बन्दुकको सुरक्षालाई लिएर महत्त्वपूर्ण फैसला गरे ।"

ओबामाले बाइडेनका तर्फबाट राष्ट्रपति पदमा प्रस्तावित कमला ह्यारिसको बारेमा भने कुनै प्रतिक्रिया दिएनन् । यसले गर्दा उनी कमलाको बारेमा निर्णयमा नपुगेको संकेत पाइएको छ । बीबीसी
 

 

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  ०९:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro