site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कपन आसपास भारी वर्षा, वाग्मती र विष्णुमतीसहितको बहाव सतर्कता तहनजिक
फाइल तस्बिर ।

काठमाडौं । देशका केही स्थानमा आइतबार बेलुकादेखि नै भारी वर्षा भएको छ । वर्षासँगै नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढेको छ ।

काठमाडौंको कपन, सुन्दरीजल र आसपास पछिल्लो एक घण्टामा भारी वर्षा भइरहेको छ ।

वाग्मती, गौरीघाट, धोबीखोला र विष्णुमती नदीको जलसतह बढ्दो रहेको र सतर्कता तहनजिक पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

नदीको तटीय क्षेत्रहरूमा यात्रा गर्ने र त्यहाँ रहनेहरूले बिहान ८ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  ०६:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro