site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भेरी र पश्चिम सेतीको जलसतह उल्लेख्य बढ्ने, यी जिल्लामा बाढीको जोखिम
राप्ती नदी । फाइल तस्बिर ।

काठमाडौं । अबका तीन दिन कर्णालीको सहायक नदी भेरी र पश्चिम सेतीको जलसतह उल्लेख्य बढ्ने अनुमान छ । नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस्तै, कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीमा पनि जलसतह बढ्दो हुनेछ । कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह समेत बढ्दो हुने महाशाखाको अनुमान छ ।

आज संखुवासभा, कास्की, लमजुङ, रोल्पा, सल्यान, रुकुम पश्चिम, रुकुम पूर्व, अछाम, डोटी, बैतडी, डडेलधुरा र कञ्चनपुर भई बहने अधिकांश साना नदीमा पानीको बहाव बढ्ने सम्भावना छ । यी जिल्लाका केही साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान रहेकाले उच्च सावधानी अपनाउन महाशाखाले सचेत गराएको छ ।

यस्तै, सोलुखुम्बु, सिन्धुली, उदयपुर, मकवानपुर, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, काठमाडौं, ललितपुर, भक्तपुर, रसुवा, गोरखा, चितवन, पर्वत, म्याग्दी, बागलुङ, प्युठान, कालीकोट र दार्चुला भई बहने अधिकांश साना नदीमा समेत बहाव बढ्ने महाशाखाको अनुमान छ ।

b1-1721534514.jpg

b2-1721534513.jpg

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  ०९:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro