site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
बंगलादेशमा अध्ययनरत विद्यार्थीलाई नेपाल ल्याइँदै
बंगलादेशमा चर्किएको कोटाविरोधी आन्दोलन । फाइल तस्बिर ।

काठमाडौं । बंगलादेशमा अध्ययनरत विद्यार्थीलाई नेपाल ल्याइँदै छ । परराष्ट्रमन्त्री आरजु राणा देउवाका अनुसार त्यहाँ अध्ययनरत करिब ८०० विद्यार्थीलाई हवाई वा स्थलमार्ग हुँदै नेपाल ल्याइन लागेको हो ।

ढाकास्थित नेपाली दूतावासले विद्यार्थीहरूलाई बंगलादेशका विभिन्न स्थानहरूबाट ढाका विमानस्थललगायत अन्य सीमा नाकाहरूमा सुरक्षित यात्राको लागि समन्वय गरिरहेको छ ।

"हामीले बंगलादेशका विश्वविद्यालयहरू, सम्बन्धित निकायहरू र कानुन प्रवर्तन एजेन्सीहरूसँग नजिकबाट समन्वय गर्दै आएका छौँ," परराष्टमन्त्री राणाले भनिन् ।

मन्त्रालयले बंगलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण समस्यामा परेका नेपाली विद्यार्थीको सहयोगका निम्ति ‘हेल्प डेस्क’ समेत स्थापना गरेको छ ।

मन्त्रालयले शनिबार एक सूचना जारी गरी त्यहाँ रहेका विद्यार्थीको सहजताका लागि आवश्यक सम्पर्क व्यक्तिसहित हेल्प डेस्कको व्यवस्था गरिएको जनाएको छ ।

 

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  ०५:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro