site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दोलखा भीमसेनमा आयो ‘पसिना’

काठमाडौं । दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’ आएको छ । भीमसेनको मूर्तिमा शनिबार दिउँसो पौने २ बजे ‘पसिना’ आएको दोलखाका डीएसपी युवराज खड्काले जानकारी दिए ।

‘पसिना’पछि अनिष्ट हुने भन्दै मन्दिरमा बाजागाजासहित पूजाआराधना गर्न थालिएको उनले बताए ।

भीमसेनको शिलामा ‘पसिना’ आएपछि मुलुक र जनतामा अनिष्ट नहोस् भनेर घण्टसहित सबै प्रकारका बाजा बजाइन्छ । शिलामा आएको ‘पसिना’लाई कपासले पुछेर दर्शनार्थीलाई प्रदान गरिन्छ । शिलाको ‘पसिना’ पुछिएको कपास राष्ट्रपतिको कार्यालयमा पठाउने प्रचलन पनि छ ।

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  १७:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro