site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
रुसमा रोकिएका एयर इन्डियाका यात्रु सान फ्रान्सिस्को प्रस्थान
फाइल तस्बिर : रोयटर्स ।

नयाँ दिल्ली । रुसमा रोकिएका एयर इन्डियाका यात्रु सान फ्रान्सिस्को प्रस्थान गरेका छन् । एयर इन्डियाको दिल्ली–सान फ्रान्सिस्को उडानमा प्राविधिक समस्या देखिएपछि रुसको क्रास्नोयार्स्क विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो ।

एयर इन्डियाले सामाजिक सञ्जाल एक्समार्फत उक्त विमान रुसबाट सान फ्रान्सिस्को प्रस्थान गरिसकेको जनाएको छ । एयर इन्डियाको एआई–११७९ विमानले क्रस्नोयार्स्कबाट सान फ्रान्सिस्को (एसएफओ)को निम्ति सबै यात्रु तथा चालक दलका सदस्य लिएर उडान भरेको एयर इन्डियाले जनाएको छ ।

उडानपछि मस्कोस्थित भारतीय दूतावासले पनि यात्रुलाई सहयोग गरेकामा रुसको विदेश मन्त्रालयलगायत अरू सहयोगी निकायलाई धन्यवाद दिएको छ ।

यसअघि, एयर इन्डियाले प्राविधिक समस्याका कारण क्रास्नोयार्स्क विमानस्थलमा फसेका  विमानका यात्रुलाई सान फ्रान्सिस्को पु¥याउन राहत उडानका निम्ति स्वीकृति प्राप्त गरेको जनाएको थियो । रासस/एएनआई

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  १४:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro