site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंमा अपराह्नपछि वर्षाको सम्भावना, आइतबार र सोमबार कस्तो हुनेछ मौसम ?
फाइल तस्बिर । 

काठमाडौं । वाग्मती प्रदेशका केही स्थानमा बिहानैदेखि वर्षा भए पनि काठमाडौं उपत्यकामा भने मौसम साधारणतया सफा छ । जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौंको अपराह्नपछि वर्षा हुनेछ । 

“काठमाडौं उपत्यकामा आज वर्षाको सम्भावना छ । अपराह्नपछि काठमाडौंमा वर्षा हुनेछ,” मौसमविद् गोविन्द झा बाह्रखरीसँग भन्छन्, “काठमाडौंमा २ बजेपछि हल्का वर्षा हुनेछ । करिब दुईतीन घण्टा वर्षा हुनेछ ।” 

काठमाडौंमा राति पनि वर्षा हुने उनी बताउँछन् । “काठमाडौंमा आजजस्तै भोलि पनि वर्षा हुनेछ,” उनले भने, “शनिबार र आइतबारको तुलनामा सोमबार काठमाडौं उपत्यकामा कम वर्षा हुनेछ ।” 

विभागका अनुुसार आज बिहान वाग्मतीसँगै कोसी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । 

मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

राति कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् झाले जानकारी दिए । उनका अनुसार दिउँसोभन्दा राति धेरै वर्षा हुनेछ । 

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  ०७:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro